मकाउँमा नेपालको कला र पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न
काठमाडौँ । मकाउँमा नेपालको पर्यटन प्रवर्द्धन गर्न व्यापार,सांस्कृतिक र सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदर्शनीमा जानकारी केन्द्र, सिङ्गिग बोल, हस्तकला, नेपाली खाद्य बस्तु जस्ता केही नेपाली मौलिकपन झल्कने व्यापारको प्रदर्शन गरिएको थियो ।
मकाउँमा स्थापित विभिन्न संघ संस्थाहरुले आफ्नो समाज र सांस्कृतिक पहिचान झल्किने गरी नृत्य प्रदर्शन भएको थियो । लाखेनाच साँकेला झाँकीसहित नेपाली मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
सोफ्टेल होटलमा आयोजित एक दिने पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन नेपाली महावाणिज्य दूतावास हङकङ मकाउँका वाणिज्य दूत उदय राना मगरले गरेका थिए ।
पर्यटन प्रवर्द्धनको मुख्य आयोजक सार विशेष प्रशासनिक क्षेत्र–गैर आवासीय नेपाली मकाउ, लालीगुराँस एसोशिएसन हङकङ,ब्रोदरहुड एशोसिएसन मकाउ, मकाउ बडीबिल्डिङ र फिटनेश एशोसिएसन मकाउको सहआयोजनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम भएको हो ।
गैर आवासीय नेपाली मकाउका कार्यबाहक अध्यक्ष रुस्तम श्रेष्ठ, संस्थाका संरक्षक श्रीजन ( किङ्गस्टन बाबा) बोम लिम्बु, चेतन गुरुङ र वरिष्ठ सल्लाहकार तथा निर्वाचन कमिटीका अध्यक्ष बिकेन जोशीको उपस्थिति रहेको थियो।
हङकङ र मकाउँमा बसोबास गरिरहेका नेपाली व्यवसायीलाई समेट्ने गरी कार्यक्रम भएको संस्थाका संरक्षक श्रीजनले बताए। उनका अनुसार हस्तकला परम्परागत तथा मौलिक नेपाली व्यापारको प्रचार तथा प्रदर्शन गरिएको थियो ।
मेलामा पोर्चुगल,चीन तथा हङकङका नागरिकहरूको सहभागिता थियो । मकाउँका विभिन्न संघ संस्थाको उपस्थिति समेत रहेको उक्त मेलामा हेड्स नेपाल मकाउँ शाखा, गुरुङ तमु समाज, मगर समाज, किराँत राई यायोक्खा समाज, सुदुरपस्चिमेली समाज, सेर्पा समाज, तामाङ घेदुङ समाज, नेवार समाज मकाउँ र नेपाली समाज मकाउँले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण