डोनाल्ड ट्रम्पले बाथरुममा राखेका थिए आणविक हतियारको जानकारी भएको कागजात : रिपोर्ट
वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आणविक र सैन्य योजनासम्बन्धी जानकारी समावेश भएका सयौँ गोप्य कागजातहरू गलत प्रयोग गरेको आरोप लागेको छ। ट्रम्पमाथि आफ्नो फ्लोरिडा एस्टेटको बलरूम र बाथरुममा गोप्य कागजातहरू राखेको र अनुसन्धानकर्ताहरूलाई झुटो बोलेको आरोप छ। उनीमाथि अनुसन्धानमा बाधा पुर्यााउन खोजेको पनि आरोप लगाइएको छ ।
सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा लड्ने घोषणा गरेका ट्रम्पले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । ट्रम्पका सहयोगी वाल्ट नाउटाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीमाथि एफबीआईबाट कागजातहरु लुकाउनका ह्वाइट हाउसका एक पूर्व सैन्य भ्यालेटलाई सरुवा गरेको आरोप छ।
कुनै पनि पूर्व अमेरिकी राष्ट्रपतिमाथि यस्तो आरोप लगाइएको यो पहिलो पटक हो । ४९ पृष्ठको अभियोगमा उनले अमेरिकी आणविक कार्यक्रम, अमेरिका र अन्य देशको रक्षा र हतियार क्षमता, सैन्य आक्रमणका लागि अमेरिका र त्यसका सहयोगीहरूको सम्भावित कमी, कुनै पनि विदेशी आक्रमणको जवाफमा आक्रमण गर्नेलगायतका गोप्य जानकारी राखेको उल्लेख छ ।
अभियोजकका अनुसार जब ट्रम्पले पद छोडे, उनले लगभग ३ सय गोप्य फाइलहरू आफ्नो पाम बीचको घरमा लगे, जुन एक महँगो निजी सदस्य क्लब पनि हो । घरमा रहेको बलरुममा धेरै कार्यक्रम भएका छन् जसमा हजारौंको सहभागिता रहेको थियो । यो त्यही बलरूम हो जसमा वर्गीकृत कागजातहरू फेला परेका थिए।
केही गोप्य फाइलहरू कार्यक्रम आयोजना हुने बलरूममा बनाइएको स्टेजमा राखिएको बताइएको छ। सन् २०२१ मा ट्रम्पले सेक्युरिटी क्लियरेन्स बिना एक लेखक र उनका दुई कर्मचारीलाई गोप्य कागजात देखाएको आरोप पनि लगाइएको छ ।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण