प्रेम पीडा
मेरो प्रिय
आज वियोगान्त दुःखद घडीमा छु
म चुपचाप शोकाकुल अवस्थामा छु
म लाटो मौनता बनेको छु
उदास एक सर्को बादल
रुन्चे झरी
एक सुस्त मन्द मन्द स्थिर दुखाई
विरहको आँसु बोकेर
मैले मेरो खुसी छाडेँ ।
प्रत्येक पाइला अनि तिम्रो साथ
यस भयानक नमिठो सपना
घुमाउरो घुम्ती बाटो
दुःख दुखी दिन्छ
एक भारी पीडाको ढाकर
कोसिस गरेँ, सकिन बिसाउन
उदास बेरङ्गिन साँझपख
महसुस गर्दैछु
आदिम जुनीहरूको प्रेमकथा सम्झेर
शोकको रङहरू अनगिन्ती हुँदो रहेछ
पीडाको क्यानभास फराकिलो पाए
सबै सबै समेटेर
अमूर्त चित्र बनाएँ ।
म सधैँ सोच्थें,
यति छिटो
यस्तो हुँदैन होला भनेर
तर अपशोच
अब
तिम्रो अनुपस्थितिमा
मेरो मन मनमानी गरेर डुल्दैछ
मन स्थिर बनाउन नसकिँदो रहेछ ।
अस्थिर मन
आफ्नै मलामी बनेर
दाहसंस्कारको निम्ति
चिता सम्झाउन तम्सिए झैँ छ
मेरो आत्मा खाली छ
अब अधुरो लाग्दैछ संसार
त्यसैले,
मलाई ए समय
तिमीले साथ देऊ
बादल तिमीले
जलन निभाई देऊ ।
पाँचखाल, काभ्रे
हालः लिमासोल, साइप्रस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण