शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
दुर्घटना

कालिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

आइतबार, २८ जेठ २०८०, ०८ : २२
आइतबार, २८ जेठ २०८०

सुर्खेत। कालिकोटमा पुनः जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शुभकालिका गाउँपालिका-२ भर्ताका ३० वर्षका गाडी चालक हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय गोपाल सलामी रहेका छन् । 

गए राति १२:३० बजेतिर शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पान्तडी सडक खण्डमा चौकी बजारदेखि हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको  जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयस्वर रिमालले जानकारी दिए। 

दुर्घटनाको कारण भने खुलेको छैन। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप