म विकासको लक्ष्य लिएर अगाडि बढेको छु : विनोद चौधरी
नवलपरासी । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफूले सुरु गरेको विकासका कामको परिणाम देखिन थालेको बताएका छन् । उनले नवलपरासी १ को विकासका लागि व्यवस्थित रूपमा कामको सुरुवात भएको बताए ।
आइतबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले विभिन्न अवरोध र असहयोगलाई चिर्दै सकारात्मक सोचका साथ प्रतिबद्धतापूर्ण रूपमा यो क्षेत्रको विकासका लागि काम गरेका छौँ । म निर्वाचित भएको ६ महिनामै त्यसको परिणाम तपाईँहरू सबैले देख्नुभएको छ ।’
नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले चुनावी प्रतिबद्धता कार्यान्वयनमा आफू इमानदार भएको बताए । उनले वर्षौदेखि समस्याका रूपमा रहेको गण्डक आयोजनाको कामले तीव्रता पाएको बताए ।
‘हरेक वर्ष मनसुन आउने बित्तिकै स्थानीय त्रासदीमा बाँच्ने अवस्था थियो । अहिले ८० करोडको लागतमा बिसौँ वर्षसम्म बिग्रेर रहेका बाँध तथा ठोकरहरुको मर्मत सम्भारको काम तीव्रताका साथ अगाडि बढेको छ,’ उनले थपे, ‘सरोकारवालाहरूले पनि भन्न थालेका छन्, अब बाढीको चिन्ता गर्नुपर्दैन । डुबान र कटानको समस्याको दीर्घकालीन स्थायी समाधानका लागि मास्टरप्लान निर्माण कार्य अगाडि बढेको छ ।’
सांसद चौधरीले नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्यले तीव्रता पाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण