बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

थ्रीस्टार हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

सोमबार, २९ जेठ २०८०, ११ : ०९
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरेपश्चात सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणको लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सो आईपीओमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनिको आईपिओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप