गौर हत्याकाण्ड
गौर हत्याकाण्ड सम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा
सोमबार, २९ जेठ २०८०, ११ : ३०
काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाई हुने गरी सोमबार पेसी तोकिएको छ । उक्त रिट निवेदनमाथि सुनुवाईका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा मा परेको थियो ।
२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण