संसदीय सुनुवाइ समितिमा उठ्यो उजुरीकर्तालाई नियन्त्रण गर्ने कुरा
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा एमालेका सांसदले पब्लिसिटी स्टण्टका लागि एउटै व्यक्ति उजुरीकर्ता हुने गरेको बताएका छन् । यस्ता उजुरीकर्तालाई नियन्त्रण गरिनुपर्ने उनको भनाइ छ ।
सोमबार सिंहदरबारमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको सभापतित्वमा भएको संसदीय सुनुवाइ समितिको बैठकमा एमाले सांसद महेश बर्तौलाले एउटै मानिस राजदूत, न्यायाधीश र प्रधानन्यायाधीश नियुक्तिसम्ममा उजुरी लिएर आउने भन्दै यो प्रवृत्तिलाई नियन्त्रण गरिनुपर्ने बताए ।
उजुरीकर्ताहरूले आफूले दिएको उजुरी ठिक छ भन्नका लागि म्योसज क्याम्पेनिङ गर्ने र सदस्यहरूलाई भेट्ने लगायतका कामलाई निरुत्साहित गरिनुपर्ने पनि उनले बताए । ‘एउटै मानिस राजदूत नियुक्तिमा, न्यायाधीश र प्रधानन्यायाधीश नियुक्तिमा पनि र संवैधानिक नियुक्तिमा पनि उजुरी लिएर आउँछन् । त्यो केवल पब्लिसिटी स्टण्टका लागि मात्रै हो’, उनले भने, ‘त्यसलाई पनि नियन्त्रण गर्नु पर्छ । उजुरीकर्तासँग १ दिन मात्रै छलफल गरौँ ।’
समितिको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्धको उजुरी खोलिएको छ । उजुरीको फोटोकपी सांसदहरूलाई वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण