बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति बैठक

संसदीय सुनुवाइ समितिमा उठ्यो उजुरीकर्तालाई नियन्त्रण गर्ने कुरा

सोमबार, २९ जेठ २०८०, ११ : ४९
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा एमालेका सांसदले पब्लिसिटी स्टण्टका लागि एउटै व्यक्ति उजुरीकर्ता हुने गरेको बताएका छन् । यस्ता उजुरीकर्तालाई नियन्त्रण गरिनुपर्ने उनको भनाइ छ । 

सोमबार सिंहदरबारमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको सभापतित्वमा भएको संसदीय सुनुवाइ समितिको बैठकमा एमाले सांसद महेश बर्तौलाले एउटै मानिस राजदूत, न्यायाधीश र प्रधानन्यायाधीश नियुक्तिसम्ममा उजुरी लिएर आउने भन्दै यो प्रवृत्तिलाई नियन्त्रण गरिनुपर्ने बताए ।  

उजुरीकर्ताहरूले आफूले दिएको उजुरी ठिक छ भन्नका लागि म्योसज क्याम्पेनिङ गर्ने र सदस्यहरूलाई भेट्ने लगायतका कामलाई निरुत्साहित गरिनुपर्ने पनि उनले बताए ।  ‘एउटै मानिस राजदूत नियुक्तिमा, न्यायाधीश र प्रधानन्यायाधीश नियुक्तिमा पनि र संवैधानिक नियुक्तिमा पनि उजुरी लिएर आउँछन् । त्यो केवल पब्लिसिटी स्टण्टका लागि मात्रै हो’, उनले भने, ‘त्यसलाई पनि नियन्त्रण गर्नु पर्छ । उजुरीकर्तासँग १ दिन मात्रै छलफल गरौँ ।’

समितिको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्धको उजुरी खोलिएको छ । उजुरीको फोटोकपी सांसदहरूलाई वितरण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप