मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति बैठक

प्रधानन्यायाधीशमा कार्की नियुक्तिको निर्णय जेठ ३२ मा हुने

सोमबार, २९ जेठ २०८०, ११ : ५४
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय जेठ ३२ गते हुने भएको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा पेस भएको कार्य योजनामा कार्कीविरुद्ध परेका उजुरीको अध्ययन र  छलफलपछि जेठ ३२ गते निर्णय गर्ने तयारी गरेको हो ।

यसअघि समितिका सचिव पद्मप्रसाद पाण्डेयले असार १ गतेभित्र सुनुवाइ प्रक्रिया टुङ्ग्याउने प्रस्ताव पेस गरेका थिए । तर सांसदहरुले उजुरीहरुको प्रकृति गम्भीर नरहेका कारण जेठ महिनाभित्र नै सुनुवाइ प्रक्रिया टुङ्ग्याउने निर्णय गरेका थिए ।

आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ । कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप