नेपालगञ्जमा आगलागीका घटना बढ्दै
बाँके । बाँकेको नेपालगञ्जमा विभिन्न किसिमले हुने आगलागीका घटना बढ्दै गएका छन् । वि.सं २०७६ देखि २०७९ सम्ममा सल्केर भएको आगलागीबाट ६८, विद्युतीय झडकाबाट ९३, ग्यासबाट १८, अन्य आगलागीका घटनाबाट १० र थाहा नभएका ५१ घटना भएको नेपालगञ्ज उपमहानगरपालिकाको दमकल सेवा कार्यालयले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण, डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख हरिप्रसाद पाण्डेले विद्युतीय संरचनाले जमिनमा छुने वा एउटाले अर्को लाइनलाई छुँदा विद्युतीय घटना हुने बताए । विद्युतीय झटकाबाट हुने घटना न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको उनको भनाइ छ । सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) सम्बन्धी निजी क्षेत्रसँगको समन्वय कार्यशालामा पाण्डेले विद्युतीय दुर्घटनाका विभिन्न पक्षको जानकारी दिँदै सिँचाइबाट विद्युतीय दुर्घटना बढी भएको उल्लेख गरे । उनले भने, “विद्युतीय दुर्घटनाबाट जोगिन विद्युतीय उपकरणको प्रयोगमा चनाखो हुन आवश्यक छ ।”
नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत एवं विपद् सम्पर्क व्यक्ति प्रकाश डिसीले विपद्का विभिन्न समस्यालाई सम्बोधन हुने गरी पूर्व तयारी गर्नुपर्ने बताए । उनले स्थानीय सरकारबाट विपद् पूर्व तयारीसम्बन्धी भएका गतिविधिका बारेमा जानकारी दिँदै भूकम्प, आगलागी, शीतलहर र लु जस्ता विपद्का समयमा सबैको सहकार्य आवश्यक पर्ने भन्दै समन्वय गर्दा घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
परियोजनाका नरेश निदालले विपद्मा नागरिक सहभागिता आवश्यक भएको उल्लेख गर्दै अध्ययनले नेपालगञ्ज आगलागी र भूकम्पको जोखिम क्षेत्रका रूपमा देखाएको जानकारी दिए । “परियोजना नेपालगञ्ज उपमहानगरपालिका–३ र ७ मा सञ्चालन भइरहेको छ”, उनले भने । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा उक्त ‘प्रोजेक्ट’ सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण