खडेरीले मात्रै होइन, मलले पनि रुवायो
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ शान्तिनगरका किसान गौरीलाल कँडेल ७५ वर्षमा हिँड्दै छन् । चर्को घाममा पनि आफ्नो खेतमा दैनिक नगई उनलाई चित्त बुझ्दैन ।
झन्डै १४ कट्ठामा मकै लगाएका छन् उनले ।हरियो मकै विक्री गरेर राम्रो आम्दानी गर्ने आसमा रहेका कँडेलको मकै सुक्न थालेपछि भने उनी अहिले चिन्तित छन् ।
रुपन्देहीको सैनमैना–९ का कृष्ण तिवारीको पनि १० कट्ठामा भएको मकैसुक्दै छ । अर्कोतिर धानको बीउ पनि सुक्न थालेको पिर उनलाई छ । उनी जस्ता लुम्बिनी प्रदेशका धेरै किसानलाई अहिले खडेरीले चिन्तित बनाएको छ ।
तिलोत्तमा–८ अन्तर्गतका ३६ मौजा सिँचार्इं कुलोका संयोजक स्थानीय घनश्याम न्यौपानेले आफ्नो क्षेत्रभित्र रहेका किसानहरूको ब्याड र मकै सुक्दै गएको बताए ।
बुटवल उपमहानगरपालिका–१४ बेलभरियाका किसान रामनाथ उपाध्यक्षले आफ्नो १ विगहा र १० कट्ठा जग्गा लिजमा लिएर मकै र बोडी लगाएका छन् । खडेरीले लगातार बोरिङ चलाउनुपर्दा विद्युतको विल धेरै उठ्ने अनि यसले नाफाभन्दा नोक्सान हुने चिन्तामा छन् ।
रुपन्देहीको तिलोत्तमामा धेरै गाउँमा तिनाउ खोलाबाट बाँध बाँधेर पानी पुर्याउने काम भए पनि अहिले खोलामै पानी कम भएपछि किसानहरू समस्यामा परेका छन् ।
यहाँका किसानहरू अहिले हरियौ मकै खेतमा सुक्न थालेको अर्को चिन्ता सँगै धान लगाउने बेलामा मल नपाउने रहेको छ ।
बुटवल उपमहानगरपालिका–१४ बेलभरियाका किसान रामनाथ उपाध्यायले आफूले एक स्थानीय सहकारीबाट तरकारीको लागि अहिले थोरै मात्र मल पाएको बताए । उनले अव धान लगाउने बेलामा मल कसरी पुर्याउँला भन्ने चिन्ता सुरु भएको जनाए ।
लुम्बिनी प्रदेशको खेतीयोग्य जमिनमध्ये ५५.०७ प्रतिशतमा सिँचाइ सुविधा रहेको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको तथ्याङ्क रहेको छ ।
लुम्बिनी प्रदेश कृषि तथा मन्त्रालय प्रवक्ता अनिल मरासिनीले अहिले सिँचाई नभएको ठाउँमा मकै, धानको व्याडमा बिउँ पनि सुक्ने समस्या धेरै ठाउँमा आएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण