अर्को अभ्यास खेलमा पनि हार्यो नेपाल
मङ्गलबार, ३० जेठ २०८०, २१ : ००
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई तीन विकेटले पराजित गरेको छ ।
पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० मध्ये ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले ४९.५ ओभरमा सात विकेट गुमाउँदै विजयलक्ष्य पूरा गरेको थियो ।
पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले सर्वाधिक ५७ रनको योगदान गरेका थिए । कुशल भुर्तेलले ३९ रन बनाएका थिए ।
यसैगरी कुशल मल्लले ४६ रन र आरिफ शेख ३५ रन बनाएका थिए । यसका अतिरिक्त सोमपाल कामीले १५ रन बनाएका थिए । यूएईको जितमा रोहन मुस्तफाले ७८ रनको योगदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण