विनोद र नीतुलाई दादा साहेब फाल्के इन्डियन टेलिभिजन अवार्ड
काठमाडौंँ । कलाकारसहित सात नेपालीले भारतको ‘दादा साहेब फाल्के टेलिभजन अवार्ड–२०२३’ प्राप्त गरेका छन् । दादा साहेब फाल्के इन्डियन टेलिभिजन अवार्डको विदेशी विधाअन्तर्गत नेपालका ७ ब्यक्तिलाई अवार्ड दिइएको हो । अवार्ड प्राप्त गर्नेमा गायक तथा संगीतकार विनोद ढकाल, टेलिभिजनकर्मी सरोज ओझा, कलाकार नीतु कोइराला, ब्यूटिसियन सुशीला थापा, इभेण्ट निर्देशक अमित शाह, समाजसेवी कृष्णप्रसाद देवकोटा तथा अभियानकर्मी राजेन्द्र प्रसाद ओझा रहेका छन् ।
अवार्ड भारतका दिग्गज कलाकार, टेलिभिजन पत्रकार र अभियन्ताहरुलाई प्रदान गरिएको छ । अभिनेत्री श्वेता तिवारी, अभिनेत्री तथा मोडेल रानी रे, मोडेल रितु शर्मा, फेसन डिजाइनर रागिनी के सिंह, मोनिका भादोरिया, सामाजिक अभियन्ता बेलिन्दा पेरेरा, अशोकप्रसाद अभिशेक, आदित्य खुराना, रमादिप कौर, हितेन तेजवानी, मान्या सिंह, निहारिका राजदान, मदल्सा शर्मा, लिजा सिंह, टविन्कल वशिष्ठ लगायतले समेत उक्त कार्यक्रममा अवार्ड पाएका थिए ।
मुम्बईका एसिपी शशीकान्त मनेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मुम्बईको ह्यात होटेलमा आयोजना भएको थियो । उक्त अवसरमा आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई नेपालको तर्फबाट नेपाल र भारतको झण्डा अंकित मायाको चिनो उपहार स्वरुप प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण