बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

४ जना बालकको भारतबाट उद्धार

बुधबार, ३१ जेठ २०८०, ११ : २५
बुधबार, ३१ जेठ २०८०

  रौतहट ।  बाल श्रमिकका रूपमा भारत कार्यरत तीन जनालाई रौतहटको एक गैरसरकारी संस्थाले  उद्धार गरी आफन्तलाई जिम्मा लगाएको छ । यस्तै ताप्लेजुङका अर्का एक बालकको पनि उद्धार भएको छ । 

सामुदायिक विकास तथा सचेतना नेपालको पहलमा मुम्बईको एक ब्याग उद्योगमा कार्यरत ३ जना बाल श्रमिकको उद्धार गरिएको हो ।

उद्धार गरिएका नाबालकहरूलाई मङ्गलवार  परिवारलाई जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलीप कोइरालाले बताए । 

उद्धार भएका बालकहरूमा राजपुर नगरपालिकाका एक जना, वृन्दावन नगरपालिकाका १ जना र यमुनामाई गाउँपालिकाका १ जना रहेका छन् । 

उक्त संस्थाको पहलमा गत साउन यता २३ जना बालश्रमिकहरुको भारतबाट उद्धार गरिएको कोइरालाले जानकारी दिएका छन् ।

यसैबीच ताप्लेजुङ गौरादह नगरपालिका ५ का बुद्धिमान तामाङलाई पनि भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।

कामको सिलसिलामा भारत गई   हराइरहेकोमा बिहारबाट उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप