४ जना बालकको भारतबाट उद्धार
रौतहट । बाल श्रमिकका रूपमा भारत कार्यरत तीन जनालाई रौतहटको एक गैरसरकारी संस्थाले उद्धार गरी आफन्तलाई जिम्मा लगाएको छ । यस्तै ताप्लेजुङका अर्का एक बालकको पनि उद्धार भएको छ ।
सामुदायिक विकास तथा सचेतना नेपालको पहलमा मुम्बईको एक ब्याग उद्योगमा कार्यरत ३ जना बाल श्रमिकको उद्धार गरिएको हो ।
उद्धार गरिएका नाबालकहरूलाई मङ्गलवार परिवारलाई जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलीप कोइरालाले बताए ।
उद्धार भएका बालकहरूमा राजपुर नगरपालिकाका एक जना, वृन्दावन नगरपालिकाका १ जना र यमुनामाई गाउँपालिकाका १ जना रहेका छन् ।
उक्त संस्थाको पहलमा गत साउन यता २३ जना बालश्रमिकहरुको भारतबाट उद्धार गरिएको कोइरालाले जानकारी दिएका छन् ।
यसैबीच ताप्लेजुङ गौरादह नगरपालिका ५ का बुद्धिमान तामाङलाई पनि भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।
कामको सिलसिलामा भारत गई हराइरहेकोमा बिहारबाट उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण