लगातार सातौं दिन बढ्यो नेप्से, आज १६ अंकले बढ्यो
बुधबार, ३१ जेठ २०८०, १६ : २०
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज १६.४२ अंकको वृद्धि आएको छ । पछिल्लो समय निरन्तर बढिरहेको नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेपछि २०३७ अंकमा पुगेर रोकिएको छ ।
नेप्सेमा यो सातौं दिनसम्म जारी निरन्तर वृद्धि हो । यसक्रममा आज १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९१ वटाको भने घटेको छ । यस्तै, ६ वटाको सेयर मूल्यमा स्थिरता कायम रहेको नेप्सेले जनाएको छ । परिसूचक ०.८१ अंकले बढेको दिन आज ५ अर्ब रुपैयाँ बराबरको १ करोड २५ लाख कित्ता सेयर किनबेच भएको छ ।
आज नेप्सेमा खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने सिटी होटलको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ । यस्तै, आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ ।
यसक्रममा आज ७ समूहको सूचक बढेको छ भने ६ समूहको सूचकमा गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण