रियलद्वारा कीर्तिमानी रकममा बेलिङहम अनुबन्ध, बने विश्वकै तेस्रो महँगो युवा खेलाडी
मड्रिड । रियल मड्रिडले इंग्ल्याण्डका युवा मिडफिल्डर जुड बेलिङहमलाई बोरुसिया डर्टमण्डबाट अनुबन्ध गरेको छ । उनीसँग रियलले ६ वर्षको करार सम्झौता गरेको हो ।
स्पेनिस महारथिले १९ वर्षीय खेलाडीका लागि १०.३ करोड युरो (८.८५ करोड पाउन्ड) खर्च गर्नेछ । थप सर्तहरुका साथमा यो रकम १३.३९ करोड पुग्ने बताइएको छ । बर्मिङहम सिटीबाट आफ्नो व्यवसायिक फुटबल सुरु गरेका बेलिङहमलाई बिहीबार एक कार्यक्रमको आयोजना गरेर प्रस्तुत गरिनेछ । ‘डर्टमण्डमा रहेका सबैलाई धन्यवाद, विगत ३ वर्षका लागि तपाईंहरुले दिनुभएको सबै कुराका लागि फ्यानहरुलाई पनि धन्यवाद,’ बेलिङहमले भने ।
गत विश्वकपमा इंग्ल्याण्डका लागि उत्कृष्ट प्रदर्शन गरेका बेलिङहम गत सिजन बुन्डेस लिगको उत्कृष्ट खेलाडी चुनिएका थिए । यद्यपि, डर्टमण्ड भने अन्तिम दिनमा लिग जित्नबाट चुकेको थियो ।
रियलसँग अनुबन्ध भएसँगै उनी ज्याक ग्रिलिसपछि इंग्ल्याण्डका दोस्रो महँगो खेलाडी बनेका छन् । सिटीले सन् २०२१ मा एस्टन भिल्लाबाट ग्रिलिसलाई किन्दा १० करोड पाउन्ड खर्च गरेको थियो ।
बेलिङहम इडेन हजार्डपछि रियलको सबैभन्दा दोस्रो महँगो अनुबन्ध पनि हुन् भने विश्वकै तेस्रो महँगो युवा खेलाडी पनि हुन् । यसअघि पेरिस सेन्ट जर्मेनले सन् २०१८ मा किलियान एम्बाप्पेलाई खरिद गर्दा १८ करोड युरो खर्च गरेको थियो । त्यस्तै, एट्लेटिको मड्रिडले जोआओ फेलिक्सलाई किन्दा बेनफिकालाई १२.६ करोड युरो तिरेको थियो ।
गत सिजन उनी डर्टमण्डका लागि सबैभन्दा कम उमेरका कप्तान बनेका थिए । क्लबका लागि ४२ खेलमा उनले १४ गोल गर्नुका साथै ७ वटा गोलको अवसर सिर्जना गरेका थिए ।-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण