नेप्सेमा तीव्र उतारचढावबीच ५ अंकको वृद्धि, घट्यो कारोबार रकम
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज तीव्र उतारचढाव देखिएको छ । कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक नागबेली चालमा तलमाथि गरिरह्यो ।
तर, अन्तिम समयमा सुधार हुँदै ५ अंकले बढेर बन्द भएको हो ।
यसक्रममा आज ७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १३९ कम्पनीको सेयर मूल्यमा भने गिरावट आउँदा ९ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक ०.७५ प्रतिशतले बढेसँगै परिसूचक २०४२ अंकमा पुगेको छ ।
यसक्रममा आज ३ अर्ब १६ करोड २८ लाख रुपैयाँ बराबरको ७८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । आज सिटी होटलको सेयर ९.९७ प्रतिशतले बढ्दै प्रतिकित्ता १७८ रुपैयाँ पुगेको छ । यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समेत ९.२० प्रतिशतले बढ्दै ७६० रुपैयाँ पुगेको छ ।
परिसूचक ५ अंकले बढ्दा ७ समूहको सूचक घटेको छ । यस्तै, ६ समूहको सूचकमा भने वृद्धि देखिएको छ । आज बीमा कम्पनीहरुको समूहमा उत्साहजनक वृद्धि आउँदा समग्र नेप्से परिसूचक नै सुधारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण