शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पूर्ण अशक्त किशोरीलाई घरमै नागरिकता

बिहीबार, ३२ जेठ २०८०, १९ : २३
बिहीबार, ३२ जेठ २०८०

सुर्खेत । पूर्णरूपमा शारीरिक अशक्त एक किशोरीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । 

वीरेन्द्रनगर नगरपालिका—११ का पिपराका १७ वर्षीया किशोरी शितला बोहरालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्य थापाले शितला कार्यालयमा आउन नसक्ने हुँदा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको निर्देशनअनुसार घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए । 

प्रशासनले शारीरिक पूर्ण अशक्त अपांगता भएकाहरुलाई उमेर पुगेपछि खोजी खोजी घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको उनले बताए । 

एक वर्षको अवधिमा तीन जना अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत थापाले बताए । 

शितला मस्तिष्क पक्षघातबाट अशक्त छिन् । दुई वर्ष अघिसम्म घरमै उभिन सक्ने शितला हाल उभिन नसकी बसिरहने गरेको उनकी आमा भगवती बोहराले बताइन् ।  

राष्ट्रिय अपाङ्ग महासंघको सहजीकरणमा शितलालाई नागरिकता प्रदान गरिएको हो । शितलालाई क श्रेणीको रातो अपाङ्गता परिचयपत्र प्राप्त दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप