पूर्ण अशक्त किशोरीलाई घरमै नागरिकता
सुर्खेत । पूर्णरूपमा शारीरिक अशक्त एक किशोरीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका—११ का पिपराका १७ वर्षीया किशोरी शितला बोहरालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्य थापाले शितला कार्यालयमा आउन नसक्ने हुँदा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको निर्देशनअनुसार घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए ।
प्रशासनले शारीरिक पूर्ण अशक्त अपांगता भएकाहरुलाई उमेर पुगेपछि खोजी खोजी घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको उनले बताए ।
एक वर्षको अवधिमा तीन जना अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत थापाले बताए ।
शितला मस्तिष्क पक्षघातबाट अशक्त छिन् । दुई वर्ष अघिसम्म घरमै उभिन सक्ने शितला हाल उभिन नसकी बसिरहने गरेको उनकी आमा भगवती बोहराले बताइन् ।
राष्ट्रिय अपाङ्ग महासंघको सहजीकरणमा शितलालाई नागरिकता प्रदान गरिएको हो । शितलालाई क श्रेणीको रातो अपाङ्गता परिचयपत्र प्राप्त दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण