क्यानडामा भयानक सडक दुर्घटना, १५ को मृत्यु

मोन्ट्रियल । क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोही क्रममा १० जना घाइते भएका छन् । क्यानाडाली प्रहरीले ट्विटर मार्फत विनिपेगको पश्चिममा रहेको कारबेरी नजिकै एउटा ठूलो सडक दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको हो ।
जानकारीका अनुसार अपाङ्गता भएका व्यक्ति बोकेको एउटा सानो ट्रक र विशेष गाडी एक आपसमा ठोक्किएको हो । ‘पन्ध्र जनाको मृत्यु भएको पुष्टि भएको छ,’ प्रहरीले भन्यो, ‘जबकि अन्य १० जनालाई विभिन्न चोटपटक अस्पताल लगिएको थियो। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।’
क्यानडाकी नेता हेदर स्टेफेन्सनले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले ट्वीट गर्दै भनेकी छिन, ‘यो दुर्घटनाले मेरो मुटु भाँचिएको छ ।’
दुर्घटनास्थल नजिकै सडकको छेउमा रहेको होटल रेष्टुरेन्टमा काम गर्ने निर्मेश वडेराले सो घटना दिउँसो भएको बताए । उनले भने, ‘आजसम्म कुनै गाडीमा यस्तो भीषण आगलागी भएको देखेको छैन ।’
उनका अनुसार सडक दुर्घटनापछि सेमी ट्रक सडक छेउमा खसेको र अर्को गाडीमा आगो लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो ‘के घर के डेरा : घर नम्बर २’
-
बहुमत निकट विद्यार्थी सङ्गठनले बुझायो ८ बुँदे ज्ञापनपत्र
-
नीति तथा कार्यक्रम : निजी क्षेत्र प्रोत्साहन, जेन जी पुस्ता प्राथमिकता, कृषिमा आत्मनिर्भर बन्ने योजना
-
भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी गिरी चार दिनदेखि नेपालमा
-
सरकारको नीति तथा कार्यक्रम : कुन मन्त्रालयलाई कति प्राथमिकता ?
-
निजी क्षेत्रको प्रतिक्रिया : ‘नीति तथा कार्यक्रम सकारात्मक, कार्यान्वयनमा जोड दिनुपर्छ’