क्यानडामा भयानक सडक दुर्घटना, १५ को मृत्यु
मोन्ट्रियल । क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोही क्रममा १० जना घाइते भएका छन् । क्यानाडाली प्रहरीले ट्विटर मार्फत विनिपेगको पश्चिममा रहेको कारबेरी नजिकै एउटा ठूलो सडक दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको हो ।
जानकारीका अनुसार अपाङ्गता भएका व्यक्ति बोकेको एउटा सानो ट्रक र विशेष गाडी एक आपसमा ठोक्किएको हो । ‘पन्ध्र जनाको मृत्यु भएको पुष्टि भएको छ,’ प्रहरीले भन्यो, ‘जबकि अन्य १० जनालाई विभिन्न चोटपटक अस्पताल लगिएको थियो। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।’
क्यानडाकी नेता हेदर स्टेफेन्सनले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले ट्वीट गर्दै भनेकी छिन, ‘यो दुर्घटनाले मेरो मुटु भाँचिएको छ ।’
दुर्घटनास्थल नजिकै सडकको छेउमा रहेको होटल रेष्टुरेन्टमा काम गर्ने निर्मेश वडेराले सो घटना दिउँसो भएको बताए । उनले भने, ‘आजसम्म कुनै गाडीमा यस्तो भीषण आगलागी भएको देखेको छैन ।’
उनका अनुसार सडक दुर्घटनापछि सेमी ट्रक सडक छेउमा खसेको र अर्को गाडीमा आगो लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण