शंकाको सुविधासहित मधेसमा एमालेको विश्वासको मत : योगेश भट्टराई
जनकपुर । नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शङ्काको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन् । एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक शुक्रवार जनकपुरधाम पुगेका सचिव भट्टराईले शङ्काको सुविधाकै आधारमा एमालेले मधेस सरकारलाई विश्वासको मत दिएको प्रस्टीकरण दिएका हुन् ।
‘मधेस प्रदेश आर्थिक, सामाजिक रूपमा पछाडि परेको प्रदेश हो, यो प्रदेशको विकासमा हामी अवरोध बन्नु हुँदैन सोचेर नै मुख्यमन्त्रीजीलाई विश्वासको मत दिएका हौँ, यसमा हाम्रो कुनै राजनीतिक लेनदेन भएको होइन’, सचिव भट्टराईको भनाइ छ । मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकाङ्कमा सबैभन्दा पछि परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको भट्टराईको भनाइ छ । प्रदेशको विकासका लागि कोही पनि विरोधी बन्नु नहुने भन्दै उनले एमालेबाट प्रदेश विकासमा कुनै विरोध नहुने स्पष्ट पारे ।
सचिव भट्टराईले नागरिकता समस्या समाधान गर्नका लागि फेरि नयाँ विधेयक नै ल्याउनुपर्ने स्पष्ट पार्दै जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताए । ‘नागरिकतामा प्रादेशिक पहिचान खुल्नुपर्छ, वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि केही समयावधि तोक्नै पर्ने हाम्रो स्पष्ट माग छ’, भट्टराईको भनाइ छ ।
फरक प्रसङ्गमा भट्टराईले सरकारले केही व्यापारिक घरानाको इसारामा बजेट ल्याइएको आरोप पनि लगाए । केही पुँजीपतिहरूलाई फाइदा पुर्याउनकै लागि राजश्व र करको दायरामा हेरफेर गरिएको भट्टराईको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण