बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

मन्त्रिपरिषद् बैठकबाट कर्णालीको बजेट अनुमोदन

शुक्रबार, ०१ असार २०८०, १४ : १२
शुक्रबार, ०१ असार २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । 

आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले शुक्रबार बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् । 

बजेट प्रस्तुत गर्न प्रदेशसभा बैठक ३ बजेका लागि आह्वान गरिएको छ । बजेट चालु आर्थिक वर्षकै हाराहारीमा आउने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप