जर्मनीले तेस्रो खेलमा पनि निकाल्न सकेन जीत, पोल्यान्डसँग पनि पराजित
बार्सा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ । घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको जर्मनी १–० ले पराजित भएको हो ।
जर्मनीको पराजयका लागि पोल्यान्ड ज्याकव किविओरले पहिलो हाफको ३१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको थियो ।
पोल्यान्डमा शुक्रबार राति भएको खेलमा ७६ प्रतिशत बल पोसेसन राखे पनि जर्मनीले घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन परेको अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमले जनाएका थिए । त्यसमाथि, दोस्रो हाफको ५८औँ मिनेटमा जर्मनीले पेनाल्टी पाए पनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिँदा उसको लागि आएको मौकासमेत गुमाउनु पर्ने अवस्था आयो ।
यस बराबरीसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बन्न पुगेको छ । जसअनुसार बेल्जियमसँग ३–२ ले पराजित भएको जर्मनीले गत साता युक्रेनसँग भने ३–३ गोलको बराबरी खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण