शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीले तेस्रो खेलमा पनि निकाल्न सकेन जीत, पोल्यान्डसँग पनि पराजित

शनिबार, ०२ असार २०८०, १२ : १०
शनिबार, ०२ असार २०८०

बार्सा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ । घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको  जर्मनी १–० ले पराजित भएको हो । 

जर्मनीको पराजयका लागि पोल्यान्ड ज्याकव किविओरले पहिलो हाफको ३१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको थियो ।

पोल्यान्डमा शुक्रबार राति भएको खेलमा ७६ प्रतिशत बल पोसेसन राखे पनि जर्मनीले घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन परेको अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमले जनाएका थिए । त्यसमाथि, दोस्रो हाफको ५८औँ मिनेटमा जर्मनीले पेनाल्टी पाए पनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिँदा उसको लागि आएको मौकासमेत गुमाउनु पर्ने अवस्था आयो । 

यस बराबरीसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बन्न पुगेको छ । जसअनुसार बेल्जियमसँग ३–२ ले पराजित भएको जर्मनीले गत साता युक्रेनसँग भने ३–३ गोलको बराबरी खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप