‘आदिपुरुष’ ले पहिलो दिन नै बनायो कमाइको कीर्तिमान
मुम्बई । चलचित्र ‘आदिपुरुष’ ले पहिलो दिन विश्वभर १४० करोड भारतीय रुपैयाँ कमाएको छ । चलचित्र निर्माताले शनिबार सो जानकारी दिएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार, निर्माण कम्पनी टी-सिरीजले आदिपुरुष हिन्दीमा बनेको कुनै पनि फिल्मको तुलनामा देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको बताएको छ।
यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका छन् । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।
हिन्दी फिल्म ‘आदिपुरुष’ का कैयौँ संवादलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ भने सीताको चरित्रसँग जोडिएको एक संवादले नेपालमा विवाद सिर्जना भएको छ । यस फिल्ममा सीतालाई ‘भारतकी छोरी’ भनिएको छ । नेपालको राजधानी काठमाडौंका मेयरले यो संवादमा आपत्ति जनाएका छन् । बलेन्द्र शाह ‘बलेन’ले फिल्मकर्मीहरुलाई यो संवाद आफ्नो फिल्मबाट हटाउन आग्रह गरेका छन् । यो फिल्म बनाउन ५ सय करोड रुपैयाँ खर्च भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण