आन्तरिक राजस्वमा सुधार, विगतकै हाराहारीमा पुग्यो
काठमाडौँ । अर्थतन्त्रमा सुस्तता आउँदा चालु आर्थिक वर्षको सुरुवातदेखि नै न्यून सङ्कलन भइरहेको आन्तरिक राजस्वमा सुधार देखिएको छ । गत आवभन्दा पनि कम उठिरहेको यस्तो राजस्व चालु आर्थिक वर्षको ११ महिना (जेठ) पूरा हुँदासम्म भने विगतकै हाराहारीमा पुगेको छ ।
आन्तरिक राजस्व सङ्कलनको जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार जेठसम्म चार खर्ब आठ अर्ब ६४ करोड रुपैयाँ आन्तरिक राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिको तुलनामा यो एक अर्ब ७८ करोड रुपैयाँले मात्र न्यून हो । २०७९ जेठसम्म चार खर्ब १० अर्ब ४३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
ब्याज करमा भएको वृद्धिका कारण आन्तरिक राजस्व सङ्कलनमा सुधार आएको विभागको तथ्याङ्कले देखाउँछ । एक वर्षको अन्तरमा ब्याज करमा आठ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि देखिन्छ । २०७९ जेठसम्म २३ अर्ब ३७ करोड रुपैयाँ ब्याज कर सङ्कलन भएकामा चालु आर्वको सोही महिनासम्म ३१ अर्ब ४४ करोड रुपैयाँ ब्याज कर सङ्कलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार आयकर भने गत आवको तुलनामा घटेको छ । गत जेठसम्म एक खर्ब ८२ अर्ब २३ करोड रुपैयाँ आयकर सङ्कलन भएकामा चालु आवमा भने एक खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण