बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भारतीय टोलीको कञ्चनपुरमा अनधिकृत नाप जाँच, सांसदले गराए सरकारको ध्यानाकर्षण

आइतबार, ०३ असार २०८०, १२ : २९
आइतबार, ०३ असार २०८०

काठमाडौँ । रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कञ्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्रविधि टोली नेपाल प्रवेश गरेर भूमि नाप जाँच गर्दा पनि सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाएका हुन् । 

१ असारमा भारतीय प्रविधि टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कञ्चनपुरको भुजेला, गड्डाचौकीदेखि सुकशलासम्मको भू–भाग नाप जाँच गरेको भन्दै उनले यसबारे गृहमन्त्रीको जवाफ मागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप