नेप्सेमा उत्साह बढ्यो : एकैदिन ५२ अंकमाथिको वृद्धि, ६ कम्पनीको मूल्यमा सर्किट
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । केही दिनयता लगातार बढ्दै गरेको नेप्सेमा आइतबार एकैदिन ५२ अंकमाथिको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५२.२६ अंक (२.५६ प्रतिशत) ले बढ्दै २ हजार ९४.३३ अंकको विन्दुमा उक्लिएको छ । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.१८ अंकले बढ्दै ३९०.५६ अंकको विन्दुमा उक्लिएको छ ।
उसो त यस दिन कारोबार रकम समेत बढेर ४ अर्ब ८६ करोड ९१ लाख माथि पुगेको छ ।
आज बैंकिङ समूह बाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज जीवन बीमा समूह र होटल तथा पर्यटन समूहको उपसूचक क्रमशः ६.३८ र ६.१५ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक ६ प्रतिशतले बढेको छ ।
आज आधा दर्जन अर्थात् ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन कम्पनीहरुको सेयर मूल्य ६ प्रतिशत माथिले बढ्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण