आन्तरिक ऋण अनुकूलन रणनीतिलाई अन्तिम रूप दिइसकिएको छैन : श्रीलङ्का
कोलम्बो । श्रीलङ्काका वित्त राज्यमन्त्री शेहान सेमासिंघेले आइतबार घरेलु ऋण अनुकूलनका सम्बन्धमा अपरिपक्व अड्कलबाजी नगर्न आग्रह गरेका छन् । उनले आन्तरिक ऋण अनुकूलनको रणनीति अझै अन्तिम चरणमा पुगिनसकेको बताए ।
कोलम्बोमा सञ्चारकर्मीसँग कुरा गर्दै सेमासिंघेले बैंक तथा वित्तीय क्षेत्रको स्थायित्व सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए भने यस विषयमा जिम्मेवार र लगनशील छलफल गर्न आग्रह गरे ।
उनले अपरिपक्व अनुमानहरूले बजारको विश्वासलाई कमजोर पार्न सक्ने बताए ।
उक्त अवसरमा सेमासिंघेले ऋण पुनर्संरचना प्रयासका लागि द्विपक्षीय ऋणदाताहरूसँग संलग्न हुने प्रगतिमाथि प्रकाश पारेका थिए ।
राज्यमन्त्रीले यी संलग्नताहरूले समग्र स्थिरतामा योगदान पुर्याउने अनुकूल सम्झौताहरू हुने आशा व्यक्त गरे ।
यसैबीच, श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेले पनि सार्वजनिक बैंक निक्षेपको सुरक्षा र आन्तरिक ऋणको पुनर्संरचनामा बैंकिङ प्रणालीको स्थायित्वको बारेमा जनतालाई आश्वस्त पारे ।
एक सार्वजनिक मञ्चलाई सम्बोधन गर्दै वीरासिंघेले वित्तीय क्षेत्रको स्थायित्व केन्द्रीय बैंकको प्रमुख उद्देश्य भएको र सार्वजनिक निक्षेपको सुरक्षा र बैंकिङ प्रणालीको समग्र स्थिरता सुनिश्चित गर्न उपायहरू अपनाइनेमा जोड दिए ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण