नेसन्स लिग : नेदरल्याण्डलाई हराउँदै इटली तेस्रो
नेदरल्याण्ड । इटालीले युईएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ । घरेलु टोली नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटाली नेसन्स लिगमा तेस्रो भएको हो ।
आइतबार राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो । खेलको छैटौं मिनेटमा फेडरिको डिमार्कोले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाए । २०औँ मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै पहिलो हाफमा नै इटालीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ६८औँ मिनेटमा स्टेभन वर्गवाइनले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए तर ७२औँ मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि इटालीले ३–१ को सहज अग्रता लियो ।
८२औँ मिनेटमा ओउट वेगह्रष्टले गरेको गोलले भिएआरबाट मान्यता नपाए पछि निराश नेदरल्यान्ड्सले खेल सकिनु अघि मात्र ८९औँ मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरे पछि खेल ३–२ को स्थितिमा फर्कियो । तर, थप गोल निस्कन नसक्दा इटाली विजयी हुँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण