सिद्धार्थलाई दोहोरो स्वर्ण
काठमाडौँ । सिद्धार्थ लामा तामाङले जर्मन ओपन इन्टरनेसनल च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । सिद्धार्थले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् ।
जर्मनीको सिमर्नमा जुन १६ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा सिद्धार्थले पहिलो स्वर्ण सफ्ट स्टायल एमभी ब्ल्याकवेल्ट स्पर्धामा जिते । जर्मनीका इभा मुगले रजत तथा स्विट्जरल्यान्डका लिएस रिमरले कांस्य जिते । सिद्धार्थले अर्को स्वर्ण चाइनिज फर्म स्पर्धामा जिते । अस्ट्रियाका जान मुग दोस्रो तथा जर्मनीका मालीबु तेस्रो भए ।पेसाले कानुन व्यवसायी समेत रहेका सिद्धार्थ नेपाल उमा कुङ्फु संघका अध्यक्ष हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेका छन् । उनी अस्ट्रियामा मुख्यालय रहेका वर्ल्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) का एसियाली निर्देशक पनि हुन् । नेपाल उमा कुङ्फु संघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ सिद्धार्थका गुरु हुन् ।
प्रतियोगितामा नेपालसहित फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, अमेरिका, चेक रिपब्लिक, इरान, बेल्जियम र जर्मनी गरी ९ राष्ट्रका करिब १ हजार १ सय खेलाडीको सहभागिता रहेको उमा कुङ्फु संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण