शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लेखनाथ न्यौपानेको टिप्पणीः समाजवादी मोर्चा संकटमोचनको प्रयत्न !

सोमबार, ०४ असार २०८०, १९ : ४५
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले समाजवादी मोर्चामा आबद्ध दलहरु वैचारिक र संगठनात्मक रुपमा गम्भीर संकटमा रहेको बताएका छन् । उनले संकटमा रहेका चारै दलले मोर्चामार्फत संकटमोचन हुन्छ कि भनेर प्रयत्न गर्नु नकारात्मक विषय नभएको टिप्पणी गरेका छन् । 

‘वैचारिक र संगठनात्मक रुपमा गम्भीर संकटमा परेका पार्टीहरुले मोर्चामार्फत संकटमोचन हुन्छ कि भनेर प्रयत्न गर्नु नकारात्मक विषय कदापि होइन’, उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

आजै माओवादी केन्द्रसहित जसपा, नेकपा एकीकृत समाजवादी र नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप