प्रधानन्यायाधीशलाई प्रश्न : राजनीतिक दलसँग सौदाबाजी गरेर तपाईं प्रधानन्यायाधीश बन्नु भएको हो ?
काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू प्रधानन्यायाधीश बन्ने समयमा कुनै पनि राजनीतिक दलसँग त्यस सम्बन्धमा कुराकानी नभएको बताएका छन् । सोमबार रातोपाटीको अन्तरवार्ताका क्रममा प्रधानन्यायाधीश कार्कीले आफूले कुनै पनि राजनीतिक दलका नेताहरूसँग प्रधानन्यायाधीश बन्ने र बनाउने सम्बन्धमा कुनै कुरा नभएको बताएका हुन् ।
‘तपाईं प्रधानन्यायाधीश बन्ने बेलामा राजनीतिक दलसँग सौदाबाजी गरेर प्रधानन्यायाधीश बन्नुभयो र त्यसबापत राजनीतिक दलका आ–आफ्ना मान्छेलाई उच्च र सर्वोच्च अदालतको न्यायाधीश बनाइदिन्छु भनेर कमिण्टमेण्ट गर्नुभएको छ भन्ने हल्ला छ, त्यसमा कत्तिको सत्यता छ ?’ भन्ने रातोपाटीको प्रश्नमा प्रधानन्यायाधीश कार्कीले त्यसमा शून्य दशमलव १ प्रतिशत पनि सत्यता नभएको बताए ।
कार्कीले भने, ‘त्यसमा जिरो, जिरो, जिरो, प्वाइन्ट वान पनि सत्यता छैन । मैले त्यस विषयमा कसैसँग कुनै पनि कुरा गरेको छैन ।’ राजनीतिक व्यक्तिहरूसँग भेटघाट भयो कि भएन भन्ने सम्बन्धमा प्रधानन्यायाधीश कार्कीले कानुन मन्त्री राजनीतिक व्यक्तित्वका साथै न्याय परिषद्को सदस्य भएको कारण सामान्य कुरा भए पनि अन्य व्यक्तिसँग भेट पनि नभएको र अन्य कुरामा छलफल पनि नभएको बताए ।
प्रधानन्यायाधीश कार्कीले भने, ‘नियुक्तिको सवाललाई लिएर राजनीतिक मान्छेहरूले त मसँग कुरा गरेका छैनन् तर कानुन मन्त्री त मसँग सम्बन्धित नै हुनुहुन्छ, हामी एउटै परिषद्मा छौँ, परिषद्मा हुँदा उहाँसँग त्यहाँ औपचारिक पनि कुरा हुन्छ अनौपचारिक पनि कुरा गर्नुपर्ने हुनसक्छ । यस्ता विषयमाहरुमा हुने कुरा त स्वाभाविक नै हो किनभने मैले न्याय परिषद्का सदस्यहरूसँग कुरा गर्नुपर्ने हुन्छ । किनभने कानुन मन्त्री न्याय परिषद्को सदस्य नै हुनुहुन्छ । अन्य सदस्यहरूसँग, यहाँका वरिष्ठतम न्यायाधीशसँग पनि व्यक्तिगतरुपमा कुरा गर्न सक्छु र सामुहिकरुपमा पनि कुरा गर्न सक्छु । कतिपय अवस्थामा अनौपचारिक कुरा गर्नुपर्ने पनि हुनसक्छ । त्यस्तो हिसाबमा जाँदा केही अनौपचारिक कुरा हुनसक्छ । अब कानुन मन्त्रीसँग गरेको कुरालाई नै राजनीतिक कुरा गरे भन्ने हो भने त त्यसको कुनै जवाफ हुँदैन । यदि होइन भने अन्य कुनै पनि कुरामा सत्यता एक रति पनि छैन । मैले मलाई प्रधानन्यायाधीश बनाइदिनुहोस्, त्यसपछाडि म यस्तो गर्छु, उस्तो गर्छु भनेर कहीँ भनेको छैन । मैले म कायममुकायम भइसकेपछि पटक पटक न्यायाधीश नियुक्तिको एजेन्डा राखेर परिषद्को मिटिङ बोलाएको छु । तर बोलाएको मिटिङ पनि विभिन्न कारणबाट हुन नसकेको अवस्था छ ।’
(प्रधानन्यायाधीश कार्कीसँग गरिएको अन्तरवार्ताको पूर्ण पाठ केही समयमा रातोपाटीमा प्रकाशन र प्रसारण हुनेछ । –सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण