बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

रातोपाटी समाचार प्रभाव : बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही

मङ्गलबार, ०५ असार २०८०, १४ : २७
मङ्गलबार, ०५ असार २०८०

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणका क्रममा बिचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ । 

योजना आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । ती कर्मचारी को थिए भन्ने कुरा भने आयोगले खुलाएको छैन । रातोपाटीले बजेट निर्माणका क्रममा योजना आयोगबाट दबाब र बागेर्निङ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

पत्रकार सम्मेलनमा योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आयोगको मुख्य भूमिकामा रहेका कुनैपनि कर्मचारीले बजेट बनाउने क्रममा अर्थमन्त्रीलाई दबाब नदिएको पनि प्रस्ट पारेका छन् । 

‘आयोगलाई जानकारी रहेसम्म विभिन्न सञ्चार माध्यमबाट प्रकाशित समाचारको सन्दर्भमा आयोगका जिम्मेवार पदाधिकारी र कर्मचारीहरुको कुनै पनि संलग्ना नरहेको स्पष्ट पारिएको छ’, पत्रकार सम्मेलनमा वितरित प्रेश विज्ञप्तिमा  भनिएको छ, ‘आयोगमा हालसम्म प्राप्त सूचना तथा प्रमाण अनुसार मुख्य भूमिकामा नरहेका कुनै कर्मचारीले माननीय मन्त्रीज्यूलाई दबाब र प्रभावमा पार्न खोजेको देखिएको छ ।’ साथै निज कर्मचारीले दिएका अभिव्यक्ति र संवादहरु आयोगको आधिकारिक नभई निज कर्मचारीको नितान्त व्यक्तिगत सोच र धारणाको उपज मात्र भएको बताएकाे छ । ‘श्री आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्रीज्यूको अभिव्यक्ति र प्रकाशित समाचारको लागि जिम्मेवार रहेका कर्मचारीलाई कानून बमोजिम कारबाही गरिसकिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ’, आयोगले भनेको छ । 

आयोगले गत असार २ गते रातोपाटी अनलाइनमा कर्णालीका अर्थमन्त्रीको खुलासा ‘बजेट निर्माणका क्रममा योजना आयोगबाट दबाब र बार्गेनिङ भयो’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप