टाटा मोटर्सका विद्युतीय गाडीहरू तीन दिनभित्रै फाइनान्सिङ
काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात विद्युतीय गाडी किन्न चाहने ग्राहकका लागि अत्यधिक छिट्टो, सरल र सहज गाडी फाइनान्सिङको सुविधा ल्याएको छ । जुन सुविधा नेपालभरि फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुनेछन् ।
विगत २ वर्ष देखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभि र टिगोर ईभि को ८०% सम्म गाडी फाइनान्सिङ अब ३ दिन भित्रै हुनेछन्। उक्त फाइनान्सिङ नेपालभरि फैलिएका विभिन्न क वर्गका बैंक द्वारा १० ०५ प्रतिशतको न्युनतम ब्याजदरमा उपलब्ध हुनेछन्। टाटा मोटर्सका ईभि गाडीहरुको छिट्टो तथा सरल गाडी फाइनान्सिङको सुविधाका लागि मुलुकभरि फैलिएका एभरेस्ट बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, तथा प्रभु बैंकका संजालबाट उपलब्ध हुनेछन्।

अहिलेको समयमा टाटा मोटर्सका अत्यधिक रुचाइएका ईभी अर्थात विद्युतीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनीले पनि आफ्नो उत्पादनहरूका साथ ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण