सेयर बजारमा २६ अंकको गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २६ अंकको गिरावट आएको छ । कारोबार सुरु हुँदा बढ्ने संकेत देखिएपनि करिब १२ बजेदेखि घट्न थालेको नेप्से सूचक १.२७ प्रतिशतले घटेर बन्द भएको हो ।
यससँगै, आज परिसूचक २०६४ अंकमा आएर रोकिएको छ । यसक्रममा ४ अर्ब ११ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज १ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
परिसूचक २६ अंकले घट्दा २ कम्पनीको सेयर मूल्य स्थिर भएको छ । यस्तै, १९३ कम्पनीको सेयर मूल्य घट्दा २८ कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । यसक्रममा आज सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य र इङ्गवा हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यस्तै, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । परिसूचक उच्च अंकले घटेपनि आज ३ समूहको सूचक भने बढेको छ । लगानी, उत्पादनमूलक र व्यापार समूहको सूचक बढेको हो । यसबाहेक सबै समूहको सूचक घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण