योगेश भट्टराईले भने–समाजवादी मोर्चा वृद्धहरुको क्लब

काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लब भएको बताएका छन् ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरुको क्लब भएको बताएका हुन् । उनले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गरे ।
सांसद भट्टराईले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताए । उनले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताए ।
सांसद भट्टराईले संसदमा पेस गर्ने डकुमेण्ट परिष्कृत हुनुपर्नेमा अहिले विभिन्न त्रुटिहरू भइरहेको बताए । उनले मन्त्रीको नियतका कारण भइरहेका गल्तीलाई स्विकारेर अघि बढ्न नसकिने बताए । उनले छलफलमा मन्त्रीहरु नआएको भन्दै सरकार सदनप्रति जबाफदेही बन्न नसकेको बताए ।
सांसद भट्टराईले बजेटप्रति सत्ता पक्षकै सांसदहरु असन्तुष्ट रहेको भन्दै बजेट फेल भए सरकार स्वतः ढल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन विवादसम्बन्धी मुद्दा उच्च अदालतमा पनि
-
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा
-
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला
-
नेविसंघको म्याद सकिएको अनुशासन समितिले सोध्यो ६ नेतालाई स्पष्टीकरण
-
पेटको बोसो घटाउन के गर्ने ?
-
स्वास्थ्य बीमालाई अझै विस्तार गर्दै सरकार, जनप्रतिनिधि र कर्मचारीले बीमा गर्नैपर्ने