सुशासनका पक्षमा दूरगामी निर्णयहरु भएका छन् : मन्त्री मोदी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देश बनाउन सबैको हातेमालो चाहिने बताएका छन् ।
मन्त्रालयले आयोजना गरेको प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले नवीनतम सोचका साथ आफूले मन्त्रालयको नेतृत्व सम्हालेकाले नयाँ ढंगबाट कर्मचारी प्रशासनलाई अगाडि बढाउनेगरी कार्ययोजना निर्माण भइरहेको बताए ।
उनले भने, “नवीनतम सोच र प्रयोगबाट सेवा प्रवाहलाई सरलीकृत बनाउनुपर्ने आजको आवश्यकतालाई निजामती प्रशासनले अंगीकार गर्न जरुरी छ ।”
सुशासनका पक्षमा दूरगामी निर्णयहरु भएको औँल्याउँदै मन्त्री मोदीले संघीय निजामती ऐनका सबै काम सकेर सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको बताए ।
समयमा सेवा प्रवाह नपाउँदा नागरिकमा गुनासो बढिरहेकाले नागरिकलाई सहज र सरल ढंगबाट सेवा प्रवाह दिने सन्दर्भमा ध्यान दिन आवश्यक रहेको मन्त्री मोदीको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण