'परस्त्री'मा अत्याधिक चुम्बन र बेड सिन, सेन्सर बोर्डले दिएन प्रदर्शन अनुमति
काठमाडौं । नेपाली र हिन्दी दुबै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’को सेन्सर पास रोकिएको छ । चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।
आउने साता अर्थात असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सो दृश्य हटाउन निर्देशन दिईएको छ । सेन्सर बोर्डका एक अधिकारीका अनुसार चलचित्रमा राखिएको चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ ।
मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरे पछि सो फिल्मका दृश्यमा कैची लगाएका हुन् । तर, बोर्डले समावेश दृश्य हटाउन निर्देशन दिए पनि निर्मात्री शर्मिला पाण्डेले भने त्यसलाई स्विकार गर्न नसक्ने प्रारम्भिक प्रतिक्रिया जनाएकी छिन् ।
सेन्सर बोर्ड र निमार्ण पक्षको अडानका कारण फिल्म प्रदर्शन अन्यौलमा पर्ने देखिएको छ । बिबाहोत्तर सबन्धले निम्त्याउने समस्याका बारेमा केन्द्रित कथा बोकेको सो फिल्म मुस्ताङ र काठमाडौंलगायतमा खिचिएको थियो ।
सो फिल्ममा कोशिश क्षेत्री, गौरव बिष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण