आज पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि गिरावट आएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक निरन्तर घटेर १४ अंकको गिरावटसँगै बन्द भएको हो । यससँगै, आज परिसूचक २०५० अंकमा आएर रोकिएको छ ।
नेप्से परिसूचक हिजो मंगलबार पनि घटेको थियो । हिजो परिसूचक २६ अंकले घटेको दिन ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । परिसूचक घट्दा आज हिजोको तुलनामा कारोबार रकम पनि घटेको छ ।
आज नेप्सेमा ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ८६लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले घट्दा १७९ कम्पनीको सेयर मूल्य समेत घटेको छ । यस्तै, ४५ कम्पनीको सेयर मूल्यमा समेत गिरावट आएको छ ।
यसक्रममा आज सिटी होटलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । यस्तै, ग्रिन भेञ्चर लिमिटेडको सेयर मूल्य ६.९८ प्रतिशतले खुम्चिएको नेप्सेले जनाएको छ । परिसूचक उच्च अंकले घट्दा ४ समूहको सूचक भने बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण