मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

टाइटानिक जहाज जहाँ डुब्यो, त्यस आसपासका पानी यति खतरनाक किन छ ? चार कारण

बिहीबार, ०७ असार २०८०, १५ : ०२
बिहीबार, ०७ असार २०८०

एट्लान्टिक महासागरमा जुन ठाउँमा टाइटानिक जहाज डुबेको थियो, त्यस आसपासका जल क्षेत्र असाध्यै खतरनाक मानिन्छ । यसको पहिलो कारण, त्यहाँको अँध्यारो दुनियाँ हो । टाइटानिकको भग्नावशेष एट्लान्टिक महासागरमा चार किलोमिटर तल रहेको छ ।

यस क्षेत्रलाई ‘मिडनाइट जोन’ भनिन्छ । यहाँसम्म कि सूर्यको किरणसमेत त्यहाँ पुग्न पाउँदैन ।  पनडुब्बीको प्रकाश केही मिटरसम्म मात्रै सीमित हुन्छ । यस्तोमा ध्यान भड्किनु असाध्यै सजिलो छ । 

taitanic1टाइटानिक विशेषज्ञ टिम म्याटलिन भन्छन्, ‘यहाँ असाध्यै अँध्यारो छ र भीषण चिसो पानी छ । समुद्रको सतह हिलो छ र यो निरन्तर हिँडडुल गरिरहन्छ ।’

उनले भने, ‘तपाईं त्यति बेला कहाँ हुनुहुन्छ भनेर पत्ता लगाउनका लागि तपाईंसँग सोनर नामको चिज मात्रै हुन्छ । यहाँसम्म रडारले पनि काम गर्दैन ।’

एट्लान्टिक महासागरको यो क्षेत्र खतरनाक हुनुको एउटा कारण यसको खतरनाक गहिराइ पनि हो । महासागरको सतहमा रहेको दबाब माथिको भन्दा ३९० गुणा बढी छ ।

ocean gateत्यसैले यहाँसम्म जाने पनडुब्बीको भित्ताहरू निकै बाक्लो हुनुपर्छ । तेस्रो कारण यहाँ पानीको बहाव अर्थात् करेन्ट हो ।

हावा, छालका कारण बलियो करेन्ट बन्छन् र पानीको घनत्वमा पनि अन्तर हुन्छ । 

यसले समुद्रको सतहमा रहेका सामानको स्थान पनि परिवर्तन गर्न सक्छ ।

oceanographicटिम म्याटलिन भन्छन्, ‘यो एक हिसाबले मून सट जस्तै हो । यो अन्तरिक्षमा जाने अन्तरिक्ष यात्री जस्तै हो ।’

चौथो कारण यहाँ डुबेको जहाज टाइटानिकको भग्नावशेष हो ।

डुबेको सय वर्ष पछि पनि टाइटानिकको भग्नावशेष फुट्न र गल्न जारी छ । यदि कोही यसको निकै नजिक जान्छ भने ठोक्किन सक्छ, अल्झन सक्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप