सामान्य अंक बढेर रोकियो नेप्से, कारोबार रकम साढे ३ अर्बमा
काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ अंकले बढेर बन्द भएको छ । दिउँसो साढे १२ बजेसम्म बढेपनि त्यसपछि घट्न थालेको नेप्से अन्तिम समयमा सामान्य बढेर बन्द भएको हो ।
यससँगै, नेप्से परिसूचक २०५५ अंकमा पुगेर रोकिएको छ । परिसूचक बढेपनि आज १४७ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । यस्तै, ७४ कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको मूल्य भने स्थिर कायम भएको छ ।
परिसूचक बढेको दिन आज ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको ८० लाख ८ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज ७ वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । यसमध्ये ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले नै बढेको छ ।
आज कारोबार भएका १३ मध्ये ४ समूहको सूचकमा मात्रै सुधार आउँदा समग्र परिसूचक बढेर रोकिएको छ । आज होटल, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहको सूचकमा उल्लेखनीय वृद्धि देखिएको छ । यीनै ४ समूहको सूचकमा सुधार आउँदा समग्र परिसूचक बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण