दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पुर्याउँछौः मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्रमा शतप्रतिशत विद्युत बिस्तार गर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पु¥याउने बताएका हुन् । उनले कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशमा भने यसै वर्ष नै शतप्रतिशत विद्युतिकरणको काम पूरा गर्नेगरी बिजेट विनियोजन गर्ने बताए । बस्नेतले वर्षायाममा विद्युत आपूर्तिलाई सहज बनाउनका लागि एक महिनाभित्रमा दुईवटा ट्रान्समिसन लाइन थप्न लागेको बताए ।
उनले भने, ‘के मा हामी केन्द्रित भइरहेका छौँ भने आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पु¥याउने कुरालाई पहिलो प्राथमिकतामा राखेका छौँ । र त्यो आधारमा कर्णाली र सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरुलाई यही वर्ष नै शतप्रतिशत विद्युतिकरणको काम पूरा गर्नेगरी हामी बजेट विनियोजन गर्छौं । त्यो स्प्रिटमा गरेको हो खासमा । अहिले कतिपय एकमुस्ट देखिएका छन् । ति एकमुस्ट भएकोलाई पनि हामी विनियोजन गर्दा कर्णाली र सुदूरपश्चिमभित्र दुई वर्ष भित्रमा, बाँकी पाँच वटा प्रदेशमा यही वर्ष नै शतप्रतिशत विद्युतिकरणको काम सम्पन्न गर्नेगरी त्यो लाइनमा गइरहेका छौँ । एक महिनाभित्रमा दुईवटा ट्रान्समिशन लाइन थप्ने काममा मेहनत साथ लागिरहेका छौँ ।’
उनले विद्युत उत्पादन, व्यापार, पूर्वाधार निर्माण, ट्रान्समिसन निर्माण र डिस्ट्रीब्युसन सिस्टमलाई अपग्रेड गर्ने कामलाई एकीकृत रुपमा गर्न लागिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किम प्रिमियरमा दर्शकले रूचाए ’जार’
-
इजरायलमा ‘अहिलेसम्मकै ठुलो’ डढेलो, तस्बिरहरू
-
सीड फाइनान्सियल एकेडेमीद्वारा ग्र्याजुएसन समारोह सम्पन्न
-
युक्रेनकाे खेरसनमा ड्रोन आक्रमण, कम्तीमा सात जनाको मृत्यु
-
नामी र सेरेसले सुरु गरे अफर
-
पहलगाम आक्रमणमा ज्यान गुमाएका लेफ्टिनेन्टकी पत्नी भन्छिन्, ‘मुस्लिमहरू विरुद्ध नजानुहोस्’