ओखलढुङ्गामा पहिरोमा परी श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता

ओखलढुङ्गा । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् ।
गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको ज्यान गएको हो । गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरामा परी बेपत्ता भएका छन् ।
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ । ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन् । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज र सुशीलसँग रोमान्स गर्दै दिव्या रायमाझी
-
हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा आकर्षक प्रि-बजेट अफर
-
द्वन्द्वकालमा विद्रोही पक्षबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराजको घरमा पुगे प्रचण्ड
-
बलमिचाइँका साथ प्रकृति दोहन गर्दै प्लटिङ, तस्बिरमा हेर्नुहोस्
-
विद्यार्थी हत्या प्रयासको आरोपमा पक्राउ परिन् बङ्गाली अभिनेत्री नुसरत फारिया
-
‘महाराजधिराज’मा दुई वर्षा, अरू को–को भए फाइनल ?