भेरी अस्पतालमा सकियो रेबिजविरुद्धको खोप, उपचार प्रभावित
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोप सकिएपछि बिरामीलाई सास्ती भएको छ ।
अस्पतालले निःशुल्क दिँदै आएको रेबिजविरुद्धको खोप सकिएपछि बिरामीले अस्पताल बाहिर महँगो दरमा खोप किन्न बाध्य भएका छन् । प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत रेबिजविरुद्धको खोप भण्डारण नरहेकाले अभाव भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिए ।
उनका अनुसार, गत जेठ २८ गतेनै अस्पतालले रेबिजविरुद्धको खोप उपलब्ध गराउन नसकिनेबारे बिरामीको जानकारीको लागि सूचना टाँस गरिएको छ । भेरी अस्पतालमा उक्त खोप निःशुल्क पाइन्छ भनेर आएका बिरामीले अस्पतालमा नहुँदा बाहिरबाट किनेर लगाइरहेका छन् ।
अस्पतालमा भ्याक्सिन सकिएकाले बिरामीले बाहिरबाट किनेर ल्याएपछि लगाइदिने गरेको स्वास्थ्यकर्मी कृष्णबहादुर बुढाथोकीले जानकारी दिए । भेरी अस्पतालमा नयाँ र पुराना गरेर दैनिक एक सय जनाको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन आउने गरेका बुढाथोकीले बताए ।
एउटा सुई दुई बिरामीलाई लगाइन्छ । अस्पतालमा निःशुल्क मिल्ने खोप अस्पताल बाहिर बिरामीले रु छ सयसम्ममा खरिद गर्न बाध्य भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण