सरकारले मुलुक हाँक्न सकेन, विकल्पको ढोका खुलिसकेको छ: गौतम
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले वर्तमान गठबन्धन सरकारले मुलुक हाँक्न नसकेको कारण विकल्पको ढोका खुलिसकेको बताएका छन् । प्रमुख दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको विषयमा दोस्रो तहका नेताहरू वार्तामा रहेको समाचार आइरहेको बेला प्रचार प्रमुख गौतमले यस्तो बताएका हुन् ।
प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले आज आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले एमाले सरकार परिवर्तनको खेलमा नलाग्ने प्रस्ट नीतिका साथ अघि बढेको भए पनि सरकार मुलुक हाँक्न नसक्ने प्रमाणित भएकोले विकल्प खोज्नुपर्ने बताए । ‘सरकार परिवर्तनको खेलमा हामी छैनौँ, तर सरकार आफै असफल साबित भइसकेकोले जनताले सरकार परिवर्तनको बहस प्रारम्भ गरिसकेका छन्,’ गौतमले भने, ‘एमाले सरकार परिवर्तनको खेलमा लाग्दैन । मुलुक असफल बन्दा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । मुलुकलाई निकास दिन सरकारको नेतृत्व गर्नुपरे एमाले तयार छ ।’
वर्तमान सरकार असफल भइसकेको बताउँदै नेता गौतमले सरकारले कुनै पनि जन पक्षीय काम गर्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण