रेशम चौधरीले सुरुमै टिकापुर घटनाबारे प्रश्न नसोध्न भनेपछि...
सुर्खेत । पार्टीको कार्यक्रममा लागि शनिवार सुर्खेत आएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सुरुमै उही एउटै प्रश्न नसोध्न पत्रकारलाई आग्रह गरे । उनले टिकापुर घटनाको बारेमा प्रश्न नसोध्न पत्रकारलाई आग्रह गरेका थिए । प्रश्नको उत्तर दिँदा दिँदा थाकेको भन्दै उनले बरु नवीनतम प्रश्न सोध्न पत्रकारलाई आग्रह गरे ।
‘मलाई तपाईँहरूले सोध्नै पर्ने प्रश्न भए सोध्नुहोस् म जवाफ दिउँला तर, हामी पटक–पटक त्यही एउटा प्रश्न र त्यही उत्तरबाट आजिद छौँ,’ उनले भने, ‘तपाईँहरू पनि त्यो प्रश्न नसोध्नुहोस् मलाई पनि त्यसको सयौँ पटक उत्तर दिनुपर्ने बाध्यताको सिर्जना नगर्नुहोस् ।’ पत्रकारहरूले पनि टिकापुर घटनाबारे चौधरीलाई प्रश्न सोधेनन् । उनले सुर्खेत आउँदा आफूलाई विमानस्थलमा स्वागत होला भनेर नसोचेको बताए । ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला,’ उनले भने,‘ हिसाब गर्ने हो भने पनि मान्छेले अहिलेसम्म चार ट्रक मालाले स्वागत गरेका छन् ।’
उनले कर्णालीको पीडा राज्यले बुझ्न नसकेको पनि बताए । धेरैले कर्णालीलाई बेच्ने बाटो बनाएको भन्दै उनले अब नागरिक उन्मुक्ति पार्टीले त्यसो गर्न नदिने पनि बताए । साथै उनले सुदूरपश्चिम प्रदेशको नाम ‘सुदूरपश्चिम’ राम्रो नभएको र त्यो बदल्नुपर्ने तर्क राखे । सुदूरका भूमिपुत्रहरुको सम्मानका लागि पनि पहिचानका आधारमा नाम राखिनुपर्ने उनको भनाइ थियो । राज्यले सुदूरपश्चिम नाम हटाएर थरुहट प्रदेश नाम राखिदिनुपर्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण