कविता
भ्रष्टाचारको जालो
शनिबार, ०९ असार २०८०, १४ : ०६
कहिले कसको पालो
कहिले कसको पालो
हाम्रै देशमा किन आयो
भ्रष्टाचारको जालो
जति जाल हाने पनि
भुरा माछा मात्रै
छोयो कि त हातै जल्ने
ठुला ठुला पात्रै
कोही श्रीमती कोही छोरो
कोही हुने सालो
फैलिएरै किन जान्छ
भ्रष्टाचारको जालो
गरिबी, दुःख हटाउँछौँ
भन्थे कुनै दिन
उही मान्छे पटक पटक
भ्रष्टाचार गर्छन् किन
शरण पर्नेको नाउँ बेची
छली छली के खानु
इज्जतै फाली बाँच्नु व्यर्थ
एकदिन छ मरी जानु ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण