रुसमा २४ घण्टाको नाटकीय घटनाक्रम
मस्को । रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका लडाकुहरू विद्रोहको घोषणा गरेको २४ घण्टाभित्र रोस्तोभ-अन-डोन शहरबाट पछि हट्न थालेका छन् । यसअघि वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रक्तपात रोक्न आफ्ना लडाकुहरूलाई युक्रेन फर्कन आग्रह गरेका थिए ।
रूसी मिडिया रिपोर्टहरूका अनुसार प्रिगोजिन अब बेलारुस जानेछन् र उनी र वाग्नर समूहका लडाकुहरू विरुद्धको आरोपहरू खारेज हुनेछन् । योसँगै रुसमा नाटकीय र अशान्तिपूर्ण दिनको अन्त्य भएको विश्वास गरिएको छ ।
वाग्नर समूह पैसाको लागि लड्ने भाडाको निजी सेना हो । हाल युक्रेन युद्धमा यी वाग्नर समूहका लडाकुहरू रुसी नियमित सेनासँगै युक्रेनविरुद्ध लडिरहेका छन्।
_5OcVZHrpVd.jpg)
मस्कोमा पनि कडा सुरक्षा व्यवस्था गरिएको थियो
युक्रेनमा युद्ध कसरी लड्ने भन्ने विषयमा वाग्नर समूह र रुसी सेनाबीच तनाव बढिरहेको थियो । प्रिगोजिनले हालैका महिनाहरूमा रुसको सैन्य नेतृत्वको खुलेर आलोचना गर्दै आएका थिए ।
शनिबार वाग्नर समूह र रूसी सेना बीच टकराव सतहमा देखियो । वाग्नरका लडाकुहरूले शनिबार युक्रेनमा रहेको आफ्नो शिविरबाट बाहिर निस्केर दक्षिणी सहर रोस्तोभ-अन-डोन पुगे र रुसी सेनाको दक्षिणी कमान्डको मुख्यालय कब्जा गरे ।
तीव्र रुपमा विकास भइरहेको घटनाक्रममा वाग्नर लडाकुहरूले क्षेत्रीय सैन्य कमाण्ड र मस्को जाने बाटोमा भोरोनेज शहरको उत्तरमा रहेको र सैन्य स्थानहरू कब्जा गरे। वाग्नरका लडाकुहरू रुसको राजधानीतर्फ अघि बढ्न थालेपछि सरकार रुसका धेरै क्षेत्रमा कडा सुरक्षा व्यवस्था गर्न बाध्य भएको थियो ।
मस्कोको सडकमा ट्याङ्कहरू तैनाथ गरिएका थिए भने सुरक्षा बलहरू ठाउँ–ठाउँमा तैनाथ गरियो । मस्कोका मेयरले नागरिकहरूलाई घरबाहिर ननिस्कन अपिल नै गर्नुपरेको थियो।
_Ycu6qIa0n0.jpg)
त्यसपछि पछि हट्ने घोषणा
यसैबीच, चेचन्याका विशिष्ट सैन्य बलहरू मस्कोतर्फ अघि बढेको रिपोर्टहरू पनि आए । यदि आवश्यक परेको खण्डमा चेचेन लडाकुहरू वाग्नर समूहका लडाकुहरूसँग भिड्न तयार रहेको बताइएको थियो ।
वाग्नर समूहको यो दुस्साहसको जवाफमा राष्ट्रपति पुटिनले रुसलाई धोका दिने सबैले परिणाम भोग्नुपर्ने बताए।
तनाव उत्कर्षमा थियो भने सँगै भिडन्त रोक्ने प्रयासहरू पनि भइरहेका थिए ।
_4ErcijoDcr.jpg)
एक्कासि शनिबार साँझ तनाव कम गर्न र स्थितिलाई नियन्त्रण गर्ने सहमति भएको खबर आयो । रुसको टिभी च्यानल रोसिया–२४ का अनुसार बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्को र येभगेनी प्रिगोजिनबीच लामो कुराकानी भएको थियो ।
त्यसपछि प्रिगोजिनले एक विज्ञप्ति जारी गर्दै उनी रक्तपात रोक्न पछि हटिरहेको जानकारी दिए ।
जेलेन्स्कीको बयान
केही घण्टा पछि रोस्तोभ शहरबाट वाग्नर लडाकुहरू पछि हटेको भिडियोहरू आउन थाल्यो । समर्थकहरूको नाराको बीचमा प्रिगोजिन मानिसहरूसँग हात मिलाउँदै देखिएका थिए।
_3QUtczCTca.jpg)
दिनभरको घटनाक्रमबारे प्रतिक्रिया दिँदै, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने, "स्थिति पूर्ण रूपमा अराजक भएको थियो । क्रेमलिनको त्यो व्यक्ति स्पष्ट रूपमा धेरै डराएको छ र सायद कतै लुकेको छ। म पक्का छु कि उनी मस्कोमा छैनन्।’
रुसी राष्ट्रपति पुटिनको नाम नलिई जेलेन्स्कीले भने, “उनीलाई के डर छ भन्ने उनलाई थाहा छ, किनभने यो खतरा उनले नै सिर्जना गरेका हुन् । सबै दुष्टता, सबै विनाश, सारा घृणा–यो सबै उनले नै फैलाइएको हो ।’
पुटिनले मस्को छोडेको अफवाह शनिबार फैलिन थाल्यो। यी दुई विशिष्ट विमान उड्ने उडान ट्र्याकिङ डाटा द्वारा थप सुदृढ गरियो ।
_xO86jkLK7s.jpg)
तर, राष्ट्रपति पुटिनका प्रेस सेक्रेटरी दिमित्री पेस्कोभले राष्ट्रपति पुटिन क्रेमलिनमा नै उपस्थित भएको बताए ।
पेस्कोभले प्रिगोजिन विरुद्धको पक्राउ पुर्जी रद्द गरिएको र उनी र वाग्नर समूहका लडाकुहरू विरुद्धको आपराधिक मुद्दाहरू खारेज गरिएको जानकारी दिए।उनले रुसको रक्षा मन्त्रालयसँग सम्झौता गर्न चाहने वाग्नर समूहका लडाकुहरू यसका लागि योग्य हुने स्पष्ट पारे ।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण