ईपीएस कोरिया शाखामा नेपाली श्रमिकहरूले थाले धर्ना
काठमाडौँ । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्। कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुन: जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्। परीक्षा दिएर पास भएको तर कोरिया जान नपाएको भन्दै उनीहरूले धर्ना दिएका हुन्। ५०० भन्दा बढिको संख्यामा जम्मा भएर उनीहरूले धर्ना दिएका हुन्। धर्नाको क्रममा झडपको अवस्था सिर्जना भएको छ।
ईपीएस कोरिया शाखामा निर्देशक पुष्पराज कटुवालले कोरियाले नै फर्केर आएकाहरूलाई प्राथमिकतामा नराखेको बताए। ‘पाँच वर्ष कोरियामा काम गरेर फर्किएकाहरूले आजदेखि धर्ना दिन थालेका छन्। कोरियाबाटै फर्केर आएकाहरू कम छनौटमा परेर आएका छन्,’ कटुवालले भने, ‘हामीले त यताबाट पास भएका सबैको लिष्ट पठाउछौ तर, रोजगारदाताले पहिलो पटक जानेलाई प्राथमिकतामा राखेको देखिन्छ।
उनीहरूले अघि सारेका मागहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत कोरिया सरकारसम्म पुर्याउने पहल गरेको उनको भनाई छ। कोरियामा एक पटक पाच वर्ष काम गरेर फर्किएकाहरू पुन परीक्षा दिएर जान पाउने व्यवस्था छ। सोहि आधारमा परीक्षा दिएर पास भएकाहरू रोजगारदाताको छनौटमा पर्न सकेका छैनन्। उनीहरूले ईपीएस कोरिया शाखाले विभेद गरेको आरोप लगाएका छन्। तर, शाखाले भने छनौटको काम रोजगारदाताले मात्र गर्न पाउने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण