गण्डकी प्रदेश
फेवा ताल संरक्षणमा सर्वोच्चको फैसला कार्यान्वयन गरिने
आइतबार, १० असार २०८०, १७ : ३८
पोखरा । सर्वोच्च अदालतले फेवातालको मापदण्डको विषयमा गरेको फैसला पोखरा महानगरपालिकाले कार्यान्वयन गर्ने भएको छ । मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै फेवा ताल संरक्षणका बारेमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने बताएका हुन् ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै मेयर आचार्यले भने, ‘फेवाताल संरक्षणमा सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइनेछ । यसको अत्तिरिक्त फेवा, वेगनास, रुपा लगायत रामसार सूचीमा सूचीकृत तालहरुको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’
मेयर आचार्यले फिर्केको मापदण्ड तय भइसकेपछि ‘फूट ट्र्याक’ तथा साइकल लेनको व्यवस्था गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण