बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, सुरक्षा व्यवस्था कडा तस्बिरहरु
जलहरी प्रकरण

पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, सुरक्षा व्यवस्था कडा तस्बिरहरु

आइतबार, १० असार २०८०

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ पुगेपछि सुनको जलहरी जोख्ने तयारी गरिएको हो ।  

मन्दिरबाट निकालिएको सुनको जलहरीलाई ३ वटा सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको छ । सुन जोख्न सिसिटिभी क्यामरा र बत्ती जडान पनि गरिएको छ ।  

सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भूगर्भ विभाग, सुनचाँदी व्‍यवसायी महासंघका प्रतिनिधि समेत रहेका छन् । पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया